नेपाल साफ यू १८ महिला च्याम्पियनसिपको उपविजेता


२२ आश्विन २०७५, सोमबार
nepal


काठमाडौं,असोज २२।  नेपाल यू १८ महिला साफ च्याम्पियन्सिप फुटबलमा उपविजेता भएको छ । फाइनलमा बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बंगलादेशले दोस्रो हाफको सुरुवातमै गोल गरेको थियो । ४९ औं मिनेटमा बंगलादेशका लागि मोउसिरा प्रविनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि निर्धारित समय भित्र नेपालले गोल फर्काउन नसकेपछि बंगलादेशको एक मात्र गोल नै निर्णायक भयो ।

समूह चरणको खेलमा पनि बंंगलादेशसँग नेपाल पराजित हुँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पेनाल्टी सुट आउटमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेतामा सीमित हुन बाध्य भयो ।

च्याम्पियनसिपमा नेपाल उपविजेता बनेपनि रेखा पौडेल सर्वाधिक गोलकर्ता बनेकी थिइन्। रेखाले प्रतियोगितामा कुल ८ गोल गरेकी थिइन्।

के भन्छिन् रेखा

यस्तै आजै भएको तेस्रो स्थानको खेलमा भुटानमाथि भारतले १-० को जित निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७