पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु


२६ आश्विन २०७५, शुक्रबार
uganda landslide

काम्पाला, २६ असोज । युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन् । बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए ।

उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् । “अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ, अरू कति बेपत्ता भएका छन् भन्ने बारेमा चाँडै नै यकिन गर्न हामी प्रयास गरिरहेका छौं,” युगाण्डा रेडक्रसका प्रवक्ता इरेन नाकासिताले भने ।

बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको उनले जानकारी दिए। अत्यधिक वर्षापछि आएको बाढीले नदीको बहाब पनि बढाएर पहिरो खसेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

पहिरोसँगै ठूलाठूला र धेरै ढुङ्गासमेत रहेकाले धेरै असर परेको र उद्धार कार्यमा कठिनाइ भइरहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७