बेलायत पुगेका उपप्रधानमन्त्री र मन्त्रीसँग गोर्खाहरुको गुनासै गुनासो


२८ आश्विन २०७५, आईतवार
GAESO and UK 2

बेलायत । यतिबेला संघीय समाजावादी फोरम नेपालका अध्यक्ष उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वाताबरण मन्त्री शक्तिबहादुर बस्नेत बेलायतको भ्रमणमा छन् । बेग्ला बेग्लै कार्यक्रमको शिलशिलामा बेलायत पुगेका मन्त्रीद्धयसँग आन्दोलनरत अवकाश प्राप्त गोर्खा सैनिकहरुले भेट गरेर आफ्नो समस्या सुनाएका छन् । गोर्खा सैनिकहरुको समस्या देशकै समस्या भएको भन्दै उनीहरुले सरकार गम्भिर नभएको गुनासो समेत गरे ।

GAESO and UK 2

भने,‘गोर्खाहरुको समस्या सम्बोधनको निम्ती सरकार गम्भिर भएन’

बेलायत स्थित नेपाली राजदूताबासमा भेटेर उनीहरुले गोर्खा सैनिकहरुको माग र मुद्दाको बिषयमा ठोस पहल गरीदिन आग्रह गरे । आन्दोलरत गोर्खा भूतपूर्व सैनिक संघ(गेसो) र संयुक्त संत्याग्रह संघर्ष समितिका अगुवाहरुले मन्त्रीद्धयलाई गोर्खाहरुको माग पुरा गराउन पहल गरीदिन आग्रह गरेका हुन् ।

उनीहरुले मन्त्रीद्धयलाई ब्रिटिस सरकार, नेपाल सरकार र भूपू गोर्खाहरूको प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम दस्ताबेज मार्च २२ तारिख) ब्रिटिश सरकार र नेपाल सरकारलाई बुझाइएको जानकारी दिए । सो प्राबिधिक समितिले तयार पारेको प्रतिवदेन अनुसार माग सम्बोधन गर्नका लागि तत्काल वार्ता समिति बनाउन पहल गरीदिन आग्रह गरेको गेसो महासचिव दसरथ राईले नयाँ पेजलाई बताए ।

यसैगरी गोर्खाहरुको नेपाली नागरिकताको निरन्तरताको लागि गोर्खाहरुको हकमा बिशेष व्यवस्था गर्न पनि गोर्खाहरुले माग गरे । उनीहरुले यो केवल गोर्खाहरुको मात्रै समस्या नभएर देशकै समस्या भएको भन्दै गम्भिर भइदिन आग्रह गरे । उनीहरुले सरकार जति गम्भिर हुनुपर्ने हो त्यति नभएको भन्दै गुनासो समेत गरे ।

GAESO and UK 1



पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपप्रधानमन्त्री यावदले गोर्खाहरुको समस्याप्रति आफू जानकार रहेको बताउँदै सम्बोधनको निम्ती पहल गर्ने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री यादवले संघीय समाजवादी फोरम नेपाल पार्टीको तर्फबाट सांसद राजेन्द्र श्रेष्ठले नागरिकता विधेयक संसोधन प्रस्ताव सदनमा पेश गरीसकेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले यसअघि पनि गेसोको प्रतिनिधि मण्डलसँग गोर्खाहरुको समस्या र नागरिकता निरन्तरता बारे छलफल भएको भन्दै आफू गम्भिर रहेको बताए । गोर्खाहरुको समस्या सम्बोधनको मन्त्रीपरिषद्मा पनि कुरा उठाउने उनले बताए ।

यस्तै मन्त्री वस्नेतले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती आफूले पहल गर्ने बताए । भेटमा गेसोका उपसभापति धर्मबहादुर तामाङ, महासचिव दसरथ राई, कोषाध्यक्ष देबीमाया पुन र सचिवालय सदस्य नराहाङ राई थिए । यसैगरी संत्याग्रहको तर्फबाट संयोजक कृष्णबहादुर राई र निर्देशक ज्ञानराज राई थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७