प्रधानमन्त्रीज्यू, मन्त्रीलाई तह लगाउनुहोस्, सचिवमाथि डण्डा चलाउनुहोस् : माधव नेपाल


२८ आश्विन २०७५, आईतवार
Madhav Kumar Nepal


काभ्रे, २८ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति फेरि असन्तुष्टी जनाएका छन् । वर्तमान सरकारप्रति जनताहरुको धेरै ठुलो अपेक्षा रहेको कारण सरकारको यो गतिले जनअपेक्षा बमोजिम काम नहुने उनको भनाई छ ।

Madhav Kumar Nepal



आइतबार काभ्रेको मण्डन देउपुर नगरपालिकाद्धारा सञ्चालित नगर बस सेवाको उद्घाटन गर्दै नेता नेपालले सरकारका मन्त्री, सचिव र बिभागीय प्रमुखहरुप्रति आक्रोश पोखे । जनताका काम नगर्ने भ्रष्ट मन्त्री, सचिव र बिभागीय प्रमुखहरुलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । ‘प्रधानमन्त्री ओलीजी अब डण्डा चलाउनुहोस् । म तपाईको साथमा हुन्छु । पहिला मन्त्रीहरुलाई तह लगाउनुस् । त्यसपछि सचिवहरुलाई डण्डा चलाउनुहोस् । त्यसैगरी विभागहरुलाई चलाउनुस् अनि मात्र समृद्ध नेपाल निर्माणको थालनी हुन्छ’ उनले भने ।

अटेरी प्रवृत्तिले समस्या

MK Nepal


वरिष्ठ नेता नेपालले राजनीतिक क्षेत्रदेखी कर्मचारीसम्म अटेरी प्रवृत्तिले जरो गाडेको भन्दै त्यसलाई चिर्न सके मात्र समृद्ध मुलुक बनाउन सकिने बताए । अधिक जनमत र बिश्वास भएपनि अपेक्षाकृत ढंगले अहिलेको सरकार चल्न नसक्नुमा यो प्रवृत्ति पनि मुख्य कारक रहेको उनको भनाई छ ।

नीति र विधिमा हिड्न नचाहनेहरुलाई डण्डा चलाएर बाटोमा ल्याउनुपर्ने यदि त्यो नभए बढारेर लाउनुपर्ने उनको भनाई छ । निर्माण व्यवसायीहरु पनि मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाउदै उनले व्यवसायीह पनि सच्चिन आवश्यक रहेको बताए ।

कम्युनिष्ट सरकार यसरी अलमलिएर बस्दा जनता निराश हुन सक्ने भन्दै बेलैमा सचेत भएर अघि बढ्न सुझाए । ‘जनताले हामीलाई अलमलमा परोस भनेर मत दिएका होइन उनले भने ‘देशको मुहार फेर्ने बेला यहि हो । हामी अलमल गरेर बस्नु हुदैँन ।’

नेता नेपालले प्रदेश र संघ सरकारले के के गर्ने भन्ने विषय थप निक्र्यौल गरेर अघि बढ्न पनि सरकारले आग्रह गरे । ‘सरकारलाई स्पष्ट मत छ, त्यहि अनुसार काम गरेर जनताको मन जित्नु पर्छ, उनले भने ‘यो वा त्यो बहानामा काम नगर्ने छुट अब छैन् ।’

नेता नेपालले मण्डन देउपुर नगरपालिकाले हेलम्बु यातायात सेवा प्रालिसँग सहकार्य गरी यातायात सेवाको सुरुवात गरेकोमा प्रसंशा गरे ।

नगरका प्रमुख टोक बहादुर वाईबाले आफुहरु निरन्तर जनतासँको साक्षात्कारमा रहने उल्लेख गर्दै जनताको आवश्यकता अनुसार चुनाव अगाडी जारी गरेको घोषणापत्र,जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्दै जानेक्रममा नगर बस सेवाको सुचारु गरेको जानकारी दिए ।

स्थानिय वडा कार्यालय, नगरपालिकाको कार्यालय, बजारसम्मको आवजजावतलाई सहज बनाउन नगरपालिकाले नगरकोट, देउपुर, ज्याम्दी,मण्डन, कुन्ता, दोलालघाट जस्ता स्थानिय रुटहरुमा आइतबारदेखि ६ वटा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७