सन्दीपको अफगानिस्तान प्रिमियर लिगमा उत्कृष्ट डेब्यु


२९ आश्विन २०७५, सोमबार
sandeep lamichane

काठमाडौं, २९ असोज । नेपाली युवा क्रिकेटटर सन्दीप लामिछाने (एपीएल)ले अफगानिस्तान प्रिमियर लिगमा सन्दीपको उत्कृष्ट डेब्यु गरेका छन् । इन्डियन प्रिमियर लिग(आइपीएल)खेलेपछि विदेशी क्रिकेट लिगमा व्यस्त क्रिकेटर लामिछानेले युएईमा जारी एपीएलमा पनि उत्कृष्ट सुरुवात गरेका छन् ।

अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर बेन कटिङको कप्तानीमा रहेको नान्गहर लेपार्डसमा आवद्ध भएका सन्दीपले आइतबारको डेब्यु खेलमा २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २३ रन मात्रै दिएर २ विकेट लिन सफल भएका हुन् ।

शानदार बलिङ्ग गरेपछि कमेन्टेटरहरुले सन्दिपको प्रसंशा गरे भने खेल लगत्तै सन्दिपको अन्तर्वार्ता समेत लिएका थिए । खेलपछि अन्तर्वार्ताको क्रममा सन्दिपले आफुले राम्रो ठाउँमा बलिङ्ग गर्न प्रयास गरेको र सुरुवातमा बिपक्षी टिमले पावरप्लेको राम्रो प्रयोग गरेको बताए। पहिलो ओभर बलिङ्ग गर्दा बल टर्न धेरै नभएको तर केहि ओभर पछि दोश्रो स्पेलमा आउदा टर्न प्राप्त गरेको र भेरियसन पनि गर्दा विकेट प्राप्त गरेको बताए ।

अफगानिस्तानकै मोहमद साहजादको कप्तानीमा रहेको पाक्टिया प्यान्थर्ससँग प्रतिस्पर्धा गरेको सन्दीप आवद्ध टोली नान्गहर लेपाडर्स ७ विकेटले पराजित भयो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नान्गहर लेपार्डसले २० आभेरमा अलआउट हुँदै १२९ रन बनाएको थियो । पाक्टिया प्यान्थर्सले १४.४ ओभर ३ विकेट गुमाएर जित हात र्पायो ।

मलेसियामा भएको सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता सहभागी भएका कारण सन्दीपले यस अघिका खेलमा सहभागी हुन् पाएनन् । सन्दीप मलेसियाबाटै एपीएल खेल्न युएई गएका हुन् ।

सन्दीप आईपीएलसँगै क्यानाडा लिग, क्याराबिन प्रिमियर लिग खेलिसकेका सन्दीपलाई अफगानिस्तानको नान्गहर लेपाडसले १५ हजार डलरमा टोलीमा आबद्ध गराएको हो । उनी संयुक्त अरब इमिरेट्स(यूएई)मा आयोजना हुने नयाँ ढाँचाको टी–१० लिग )क्रिकेटका लागि भारतीय क्लब केलरा किङ्समा ३० हजार डलरमा आबद्ध भइसकेका छन् ।

सन्दिपको शानदार बलिङ्ग
टिमको लागि पहिलो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भएका थिए। उक्त ओभरको दोश्रो र तेश्रो बलमा चौका तथा अन्तिम बलमा इन्सानउल्लाहले छक्का प्रहार गरेपछि सन्दिपले १८ रन खर्चेका थिए । त्यसपछि आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले राम्रो कमब्याक गर्दै मात्र १ रन खर्चे ।

लगत्तै तेश्रो ओभर बलिङ्ग गर्न दशौँ ओभरमा आएका सन्दिपले एकै ओभरमा २ विकेट लिए । ओभरको चौथो बलमा सन्दिपले दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर समेत रहेका क्यामरुन डेल्पोर्टलाई सर्ट मिड–विकेटमा क्याच थमाए । त्यसपछि पनि सन्दिप रोकिएनन् र ओभरको अन्तिम बलमा जिम्बाबे क्रिकेटर सिकन्दर राजालाई गुग्लि गर्दै बोल्ड गरे। उक्त ओभरमा सन्दिपले मात्र २ रन खर्चेर २ विकेट लिए।

त्यसपछि १२ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले विकेटको २ वटा एलबिडब्लुको मौका श्रीजना गरे विकेट भने प्राप्त गर्न सकेनन्। ओभरमा मात्र २ रन खर्चेका सन्दिपले ४ ओभरमा मात्र २३ रन खर्चेर २ विकेट लिए।

पहिलो ओभरमा १८ रन खर्चेका सन्दिपले त्यसपछि शानदार बलिङ्ग गर्दै १८ बलमा मात्र ५ रन खर्चेर २ विकेट समेत हात पारे। यस क्रममा सन्दिपले दोश्रो स्पेलमा गरेको १८ मध्ये १३ बलमा कुनै रन दिएनन् ।

यस अघि ब्याटिंगमा पनि अन्तिम ओभरमा मौका पाएका सन्दिपले १ बल खेले पनि रन भने बनाउन सकेनन् र खाता नखोली अविजित रहेका थिए । लिगमा लगातार दोश्रो हार बेहोरेपछि सन्दिपको टिम नगरहर अंकतालिकामा ७ खेलमा २ जित र ५ हार बेहोर्दै चौथो स्थानमा रहेको छ । लिगको अन्तिम खेलमा नगरहरले अक्टोबर १७ तारिक बुधबार बल्ख लेजेन्ड्ससंग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७