पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेल पोखरा र विराटनगरबीच


३१ आश्विन २०७५, बुधबार
1539755259ppl

पोखरा, ३१ असोज । पोखरा रंगशालामा कात्तिक ९ गतदेखि शुरू हुने क्रिकेट टि–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

1539755259ppl

उद्घद्घाटन खेलमा विराटनगर टाइटन र पोखरा पल्टनबीच हुनेछ । त्यसैगरी, दोस्रो खेल चितवन राइनोजले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ । कात्तिक १० गतेको दोस्रो खेल भने हुलास काठमाडौं रोयल्सले एक्सपर्ट धनगढीसँग प्रतिष्पर्धा गर्नेछ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रिमियर लिगमा पोखरा पल्टनले तेस्रो दिन बुटवल ब्लाष्टर्ससँग खेल्ने छ।

त्यसभन्दा अघि विराटनगर टाइटनले एक्सपर्ट धनगढीसँग खेल्ने छ । बुटवल ब्लाष्टर्समा पोखरेली खेलाडी विपिन खत्री समावेश छन् ।

कात्तिक १२ गते भने विराटनगर टाइटनले हुलास काठमाडौं रोयल्ससँग पहिलो खेल खेल्दा दोस्रो खेल भने चितवन राइनोजले पोखरा पल्टनसँग खेल्ने छ ।

पाँचौं दिनलाई आरामको लागि राखिएको छ । छैटौं दिन चितवन र एक्सपर्ट धनगढीको टोलीबीच भीडन्त हुनेछ । अर्को खेल विराटनगर टाइटनले बुटवल ब्लाष्टर्ससँग प्रतिष्पर्धा गर्नेछ ।

सातौं दिन चितवन र काठमाडौंबीच हुनेछ भने धनगढी बुटवलविरूद्ध पोखराको मैदानमा उत्रिने छ । पोखराले धनगढीसँग खेल्दा बुटवल पनि काठमाडौसँग त्यही दिन दोस्रो खेल खेल्ने छ ।

विराटनगरले चितवनसँग खेल्ने छ । त्यसपछि दोस्रो समूह र तेस्रो समूहबीच एलिमेनटरको लागि खेल्ने छन् । कात्तिक २० गते फाइनल खेल हुनेछ ।
यस्तो छ खेल तालिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७