अर्को महिना दीपिका र रणवीरको विहे हुँदै


५ कार्तिक २०७५, सोमबार
ranveer singh deepika padukone

मुम्बई, ५ कार्तिक । लामो समयदेखि अफेयरमा रहेका बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच अर्को महिना विहे हुने भएको छ।

दीपिकाले विहेको कार्ड सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेर विहेको पुष्टि गरेकी हुन्। उनका अनुसार विहे १४ नोभेम्वरमा हुनेछ।

सेतो रंगको विहेको कार्ड सार्वजनिक गर्दै दीपिकाले आफ्ना फ्यानलाई सरप्राइज समेत दिएकी छिन्। विहे कार्डमा लेखिएको छ, हामी तपाईलाई यो जानकारी गराउन पाउँदा निकै खुसी छौं कि परिवारको आर्शिवादले हाम्रो विहे १४ र १५ नोभेम्वरका लागि तय भएको छ।

यद्यपी विहे कार्डमा विहे कुन स्थानमा हुने भन्ने उल्लेख गरिएको छैन्। दुबैले विदेशमा विहे गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७