मान्छे कुट्दै हिंड्ने वडाध्यक्ष पुगे प्रहरीको खोरमा


५ कार्तिक २०७५, सोमबार
jell जेल

ओखलढुङ्गा, ५ कात्तिक । दशैंमा मदिरा पिएर सर्वसाधरणलाई कुट्दै हिंड्ने एक वडाध्यक्षको दशैंको मैजारो प्रहरी खोरमा भएको छ ।

jell जेल

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ६ थाक्लेका वडाध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेपछि प्रहरी खोरमा पुगेका हुन् ।

रक्सी पिएर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । रक्सी पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् ।

शनिबार राति रक्सीले मातेर पेट्रोल पम्पमा पुगेका राईले सञ्चालक र स्थानीयमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख अनन्तराम शर्माले अनुसन्धान गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइने बताए ।

शर्माले जिम्मेवार व्यक्ति नै झडपमा उत्रिएपछि कानुनी कार्बाही गर्नु परेको दावी गरे । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेका छन् । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७