पाँच सैनिक जनरलमाथि प्रतिवन्ध


६ कार्तिक २०७५, मंगलवार
h 58

काठमाडौं, ६ कात्तिक । अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँच जना उच्च सैनिक अधिकृतविरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ ।

h 58

संयुक्त राज्य अमेरिका र युरोपेली युनियनलेझैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।

अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिङ्ग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए ।

ती पाँचै जना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ । यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ ।

म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिङ्ग्यालाई देश छाड्न बाध्य बनाएको थियो । यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो । –एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७