‘भाइरल ब्वाई’ मनिष लिम्बू अब चलचित्रमा


१३ कार्तिक २०७५, मंगलवार

काठमाडौं, १३ कात्तिक । यहाँ सबैले बलेकै आगो ताप्ने हुन् । फाइदा हुन्छ भने मात्र सम्बन्ध जोडिन्छ ।

यो रोगबाट नेपाली फिल्म क्षेत्र अछुतो रहने त कुरै भएन । प्रमाणका लागि उदाहरण खोज्ने हो भने प्रसस्तै भेटिन्छ । ‘भाइरल ब्वाई’ मनिष लिम्बू अहिलेका बलेको आगो हुन् ।

यूट्युबरहरु उनको अन्तर्वार्ता लिन मरिहत्ते गर्छन्, कारण उनको अन्तर्वार्ताले डलर राम्रै झार्छ । उनी बाल गायक हुन् । उनको निखारिएकोे आवाजले धेरैलाई प्रभावित गरेको छ । अब उनलाई निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ’वीर विक्रम २’ मा बाल कलाकारमा अनुबन्ध गरेका छन् ।

निर्देशक चाम्सले यो कुराको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत् दिएका छन् । बाल गायकलाई बाल कलाकार बनाउन लागेका मिलनले आफ्नो लोकप्रियताका लागि मनिषलाई फिल्ममा अनुबन्ध गरेको चर्चा सुरु हुन थालेको छ । मनिष रोज्नुको पछाडिको कारण के हो ? त्यो त उनी नै जान्दछन् ।

’वीर विक्रम २’ को छायांकन केही हप्तामा सुरु हुँदैछ । चाम्स स्वयम यस फिल्मका निर्माता र निर्देशक हुन् । प्रदीप भारद्वाजले कथा लेखेका छन् । आकाश क्षेष्ठ, दयाहाङ राई, नाजिर हुसेनलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७