ह्वातै घट्यो सुनको भाउ


२५ कार्तिक २०७५, आईतवार
gold

काठमाडौं, २५ कात्तिक । दशैं–तिहारलगायतका चाडबाडमा सुनको भाउ आकाशिएर सुनका गहना लगाउने धोको पूरा गर्न नसकेकाहरुलाई सुन जोड्ने राम्रो अवसर आएको छ ।

gold

ठूला चाडपर्व मैजारोतिर जाँदै गर्दा बजारमा सुनको भाउ ह्वातै घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ कायम भएको छ । तिहारअघि कायम भएको मूल्यको तुलनामा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

तिहारअघि सुनको मूल्य तोलाको ६० हजार रुपैयाँ थियो । तेजाबी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँ कायम भएको छ । सुन चाँदी ब्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७