किन्ने होइन सुन ? फेरि घट्यो सुनको भाउ


२७ कार्तिक २०७५, मंगलवार
gold 1

काठमाडौं, २७ कात्तिक । दशैं–तिहारमा भाउ बढेका कारण सुनको गहना जोड्न नपाएकाहरुलाई अहिले भाउ घटेको मौकामा सुन जोड्ने अवसर आएको छ ।

gold 1

ठूला चाडबाडमा एकाएक आकाशिएको सुनको भाउ दिनहुँजासो घढिरहेको छ । आज (मंगलबार) सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७