अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्पले भनायक क्षति, सडक पर्‍यो चिराचिरा


१५ मंसिर २०७५, शनिबार

काठमाडौं, १५ मंसिर । अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ ।

अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन । भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

ae Mg8Oz5IJD9

अहिलेसम्म ४० वटा पराकम्प आइसकेको छ । त्यसमा पनि १० वटा पराकम्प ४.० म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्प ५.० म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ ।

alaska 8a2v80hAVO

भूकम्पका कारण घरहरु केही भत्किएका छन् । राजमार्गहरु चिराचिरा परेका छन् । त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७