अब बच्चा जन्माउन सेक्स आवश्यक नपर्ने !


२९ मंसिर २०७५, शनिबार
Penis psychology

काठमाडौं, २९ मंसिर । स्टैनफर्ड युनिभर्सिटीका एक जना प्रोफेसर हैंक ग्रीलीले आगामी ३० वर्षमा बच्चा जन्माउनका लागि सेक्स गर्न नपर्ने बताएका छन् ।

Penis psychology

हैंक स्टैनफर्ड ल स्कुलका सेन्टर फर ल एण्ड द बायोसाइन्सेजका निर्देशक हुन् । हैंककाअनुसार आगामी तीन दशकमा प्रजनन प्रक्रिया बदलिने छ । अभिभावकसँग डीएनएबाट ल्यावमा तयार गरिएको अलग अलग प्रकारका भ्रुणमध्ये आफूलाई मनपर्ने कुनै पनि भ्रुण छान्ने अवसर पाउने छन् ।

यद्यपि यसप्रकारको प्रक्रिया शुरु भइसकेको छ । तर हैंक आगामी दिनमा यो प्रक्रिया निकै सस्तो हुनेछ । जोडीहरुले कुनै पनि पूकारको रोगबाट बच्नका लागि यो प्रक्रिया अपनाउन शुरु गर्नेछन् ।
यो प्रक्रियामा फिमेल स्किनको स्याम्पल लिएर पहिलात स्टेम सेल मनाइने छ ।

फेरि यसको प्रयोग अण्डा बनाउन हुनेछ । यसपछि उक्त अण्डालाई स्पर्म सेल्ससँग फर्टिलाइज गराएर भ्रुण तयार गरिने छ । भ्रुणको छानविनका क्रममा कुनै पनि प्रकारको सम्भावित रोग हेरिने छ ।

स्टैन्फर्डका प्रोफेसरका अनुसार यो प्रक्रियाका क्रममा अभिभावकसँग यो अप्सन पनि हुनेछ कि उनीहरु आफ्नो आउने सन्तानको आँखा र कपालको रङ्ग समेत चुन्न सक्ने छन् ।

प्रोफेसर हैंक भन्छन्, यो प्रक्रियामा सबैभन्दा मुस्किल कुरा यो हुनेछ कि यसका कारण सबैभन्दा बढी डिभोर्स हुनेछ । किनभने पत्नीलाई भ्रुण नम्बर १५ चाहिए पतिलाई ६४१ । यो विषयमा निर्णय लिन दुवै जनालाई गाह्रो हुनेछ । तपाई कसरी तय गर्नु हुनेछ कि जब कुनै भ्रणमा कुनै एक रोगको आशंका कम र दोस्रोमा रोगको आशंका बढी हुनेछ ।

तर यसले संगीतमा लोकप्रियता हासिल गर्नेछ । प्रजननका लागि सेक्स, युएसमा हैंकको यो अध्ययन अर्काइब्स अफ सेक्सुअल बिहेवियरमा यही वर्ष मार्चमा प्रकाशित भएको थियो । जसमा इन्टरकोर्सको फ्रिक्वेन्सीमा अहिलेबाटै कमी आएको छ ।

यो अध्ययनका अनुसार युएसमा सन् १९९० मा विवाहित जोडी वर्षमा ७३ पटक सेक्स गर्दथे । जबकी सन् २०१४ मा एक वर्षमा सेक्स गरेको संख्या घटेर ५५ भएको छ । सिंगल व्यक्तिले एक वर्षमा ५९ पटक सेक्स गरेको तथ्यांक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७