इन्जीनीयर्स एशोसिएसनमा दोस्रो पटक प्रगतिशील समूहको जित


२ पुष २०७५, सोमबार
enjineeyar

काठमाडौं, २ पुस । नेपाली कांग्रेसनिकट इन्जीनीयरहरुले मात्र जित्दैआएको नेपाल इन्जिनियर्स एशोसिएशनको इतिहासमा दोस्र्रोपटक नेकपा निकट प्रगतिशील इन्जिनियर समूहले जितेको छ ।एशोसिएसनको ३२ औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहका त्रिरत्न बज्राचार्य नेतृत्वको प्यानलै विजयी भएको छ ।

यसअघि एक पटक नारायणकृष्ण हलवाई नेतृत्वको प्रगतिशील समूहले महासचिवसहित केही पदमा जितेको थियो । त्यतिबेला लोकतान्त्रिक समूह विभाजित भएर दुई समूहमा उठेकाले प्रगतिशील समूहले जितेको थियो । तर यसपटक प्रगतिशील समूहले लोकतान्त्रिक समूहसँग सिधा प्रतिस्पर्धा गरेरै जितेको छ ।

enjineeyar
बिजयी घोषणापछि प्रगतिशील प्यानल 


शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ । मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन् ।


अन्य सबै पदाधिकारी र बहुमत सदस्यहरुमा पनि प्रगतिशील प्यानलका उम्मेदवार बिजयी भएका छन् । जसअनुसार उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७