युट्युबले हटायो ५ करोड बढी भिडियो, कस्ता–कस्ता भिडियो हट्यो ?


४ पुष २०७५, बुधबार
youtube

काठमाडौं, ४ पुस । युट्युबले आफ्नो नियम पालना नगरेको जनाउँदै लाखौं भिडियोहरू आफ्नो वेब साइटबाट हटाएको छ ।

youtube

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक ‘अडिट’ पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही ’अपलोड’ गरिएको पाइएकोले हटाएको जनाएको छ ।

कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका साथ साथै झन्डै २३ करोड ‘कमेन्ट’ हरू समेत यूट्यूबबाट हटाइएको जनाइएको छ । यूट्यूबका प्रयोकर्तालाई विभिन्न ठगी स्किमहरूबाट जोगाउन र सुरक्षित वातावरण प्रदान गर्नका लागी उक्त कदम चालिएको ब्लगमा उल्लेख छ ।

गुगलको आधिपत्य रहेको युट्युबले २०१७ देखि प्रविधि र मानव श्रोतको प्रयोग गर्दै आफ्नो अनुसाशनभन्दा बाहिर रहेका सामग्रीहरूलाई हटाउन शुरुवात गरेको थियो । झण्डै १० हजार कर्मचारीहरूले दैनिक रूपमा यूट्यूबमा अपलोड हुने सामाग्रीको निगरानी गर्ने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७