नेकपा बैठकमा उठ्यो मन्त्रिपरिषद् पुनर्गठनको माग


४ पुष २०७५, बुधबार
NCP CPN standing commiti

काठमाडौं, ४ पौष । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को स्थाई कमिटीको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नु पर्ने माग उठेको छ । नेकपाको स्थाइ कमिटीको जारी बैठकमा बोल्दै सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठन गर्नु पर्ने माग राखेको हो ।

NCP CPN standing commiti
फाइल तस्बिर

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बोल्दै पन्तले भने, ‘यो मन्त्रिपरिषद्मा कतिपय मन्त्रीहरू विवादित छन् । आजसम्मको कार्यकाल हेर्दा उनीहरू सक्षम देखिएका छैनन् । मन्त्रीहरूको कामकारबाहीको मुल्याङकन गर्न प्रधानमन्त्रीको अधिकार हो ।’

उनले सरकाले अपेक्षा अनुसार काम नगरेको भन्दै प्रधानमन्त्रीले बोलेका कतिपय कुराहरू र निर्णय पनि पुनःमुल्याङन गर्नु पर्ने बताए । पन्तले प्रधानमन्त्री आफैले मात्रै अधिकार आफैमा नराख्न पनि सुझाव दिए । ‘राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत तान्ने, ठुला ठेक्कापट्टा आफैँ दिने जस्ता काम प्रधानमन्त्रीले गर्नु राम्रो होइन ।’ पन्तले भने, ‘मन्त्रीहरूलाई प्रधानमन्त्रीले सक्रिय बनाउनु पर्छ । प्रधानमन्त्रीले मात्रै सबै थोक आफूमा थुपारेर कार्य बोझ बढाउनु हुन्न । जुन अहिले भइरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७