ठमेलमा खुल्याे ‘छायाँ सेन्टर’


१० पुष २०७५, मंगलवार
Yogesh Bhattarai 1

काठमाडौं, पुस १० :काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक उद्घाटन गरिएको हो।

Yogesh Bhattarai 1

‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरको भनाई छ ।

पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् ।

छाँया सेन्टरमा पाँच तारे स्तरको अलफ्ट होटल पनि आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया कम्पलेक्सका संचालक सुमन पाण्डेले जानकारीदिए।

अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।

ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत समेत पाँच अर्ब माथि पुगेको निमार्ण पक्षले जनाएको छ । उक्त कम्प्लेक्समा २३० वटा पसल युनिट, एउटा ७ सय जना अट्ने हल, मिमिङ रुम, फुट कोर्ट, तीनवटा सिनेमा हल र १६० कोठा भएको पाँचतारे होटल हुने छ।

पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ् कम्प्लेक्स संचालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताए । ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग र्पुयाउने विश्वास उनको छ ।

कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ । नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नेतृत्वमा बैंकिंग, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा छाँया सेन्टर सञ्चालनमा आएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७