धनकुटामा राजेन्द्र राई लिए अग्रता
धनकुटा : वामगबन्धनका एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिएका छन् । उनले ४७ मतले अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्तिकका नेता सुनिलबहादुर थापाले २ सय ९६ मत पाएका छन् ।
यस्तै प्रदेश क मा बाम गठबन्धनतर्पm एमाले उम्मेदवार मिलन राई ४ सय ६२ मत ल्याएर अगाडी छन् । उनलाई कांग्रेस उम्मेदवार मनोहर नारायण श्रेष्ठले ३ सय ८२ मत ल्याएर पछ्याइरहेका छन् । प्रदेश ख मा बाम गठबन्धनतर्फ एमाले उम्मेदवार इन्द्रमणी पराजुली ५ सय ८९ मत ल्याएर अगाडी छन् । उनको प्रतिद्धन्दी संघीय समाजवादी फोरमका नेता अर्जुन थापा २ सय ४५ मत ल्याएर पछ्याइरहेका छन् ।
धनुकटामा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।