मोर्टरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा काठमाडौँमा ३० वर्षीया युवतीको मृत्यु


२४ बैशाख २०८१, सोमबार
current

काठमाडौं । काठमाडौँको शंखरापुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मोर्टरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाट घर भई हाल शंखरापुरा नगरपालिका–६ बस्ने ३० वर्षीया मिनिषा कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७