६ दिन सार्वजनिक विदा
बुटवल, १२ बैसाख । प्रदेश सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने भएको छ ।
बिहीबार बसेको ५ नम्बर प्रदेश सरकारकाे मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।
बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिनेछ । यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एक दिन र रमजानमा विदा दिइने छ ।
बैठकले प्रदेश नम्बर ५ सरकारले विभिन्न प्रकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । बाढी डुवान, करेन्ट, आगालागी, खोलाले बगाएको, पहिरो, चट्टयाङ लगायतका विपतमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहत दिइनेसरकारका प्रबक्त्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले राप्ती गाँउपालिका वडा नम्बर ७ बसन्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, बुटवल उपमहानगरपालिका वडा नम्बर १३ जवइ खोला मैदानमा उजिर सिंह रंगशाला निर्माण गर्ने र घोराही उपमहानगर पालीमा १६ तरौटेमा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरवृद्धि गर्ने निर्णय गरेको छ ।