काँग्रेसले काठमाडौंमा खाता खोल्यो, क्षेत्र नं १ मा प्रकाशमान सिंह विजयी
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले काठमाडौंमा विजयी सुरुवात गरेको छ ।
काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये सबैभन्दा पहिले मतपरिणाम सार्वजनिक भएको काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह विजयी भएका हुन् ।
उनले कूल १० हजार नौ सय ३६ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी १० हजार १ सय १८ मत ल्याउँदै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र दोस्रो भएका छन् । उनी सिंह भन्दा ८ सय १८ मतले पछि भएका हुन् ।
मुख्य निर्वाचन अधिकारी रमेशराज पोखरेलले मतपरिणाम सार्वजनिक भर्इसकेको भएपनि आाधिकारिक रुपमा घोषणा नभर्इसकेको बताएका छन् । उनले बिहान २ बजे आधिकारिक घोषणा गरिएको छ ।