दयाहाङले किन सम्झिए छोरालाई ?


१० जेष्ठ २०७६, शुक्रबार
dayahang rai appa

काठमाडौं, १० जेठ । दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को यतिबेला प्रमोसन शुरु भएको छ । जेठ २४ बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रले बाबु छोराको सम्बन्धको कथा भन्ने बताइएको छ । चलचित्रमा दयाहाङले आप्पा (बाबु) को भूमिका निभाएका छन् भने डेब्यु कलाकार सुशान्त राज तामाङले छोराको भूमिका निभाएका छन् ।

पहिलो पटक आप्पाको प्रमोसनका लागि निर्देशक र लेखक अनमोल गुरुङ, दयाहाङ र सुशान्त एकसाथ मिडियामा आउँदा चलचित्रको कथादेखि सुटिङको बेलाको अनुभव सम्झिँदै दयाहाङले आफ्नो सानो छोरोलाई पनि सम्झिए । आमा छोरीको सम्बन्ध धेरैजसो नजिक हुने र एक अर्काको प्रेम साट्न सक्ने हुन्छ तर बाबु छोराको सम्बन्धमा एउटा रेखा हुन्छ जुन पार गरेर न त बाबुले छोरालाई गर्ने प्रेम देखाउन सक्छन न त छोराले नै । यही यथार्थलाई कथाको रुप दिइएको चलचित्रको छायाङ्कनको कुरा सम्झिँदा दयाहाङले आफूले नभोगेको बाबु छोराको सम्बन्ध अनुभव गर्न पाएको बताउँछन् ।

कुराकानीमा चलचित्र छयाङ्कन भईरहँदा सुशान्तले गरेका सानासाना तर गम्भिर प्रश्नले आफ्नो सानो छोरालाई धेरै सम्झाएको कुरा भावुक हुँदै सम्झिए । चलचित्रको छोरा पात्र सुशान्त आफू दयाहाङ राईको फ्यान भएको र चलचित्र छयाङ्कन हुने बेलासम्म पनि आफूले दयाहाङसँग काम गर्दै छु भन्ने थाहा नभएको बताए ।

कालिङ्पोङमा छायाङ्कन गरिएको चलचित्रमा उतैको लवज र रहनसहनलाई टिप्न खोजिएको छ । चलचित्रमा दयाहाङ, सुशान्तका साथमा तुलसी घिमिरे, अरुणा कार्कीलगायत अन्य कलाकारको पनि अभिनय रहेको छ । रुदेन सदा लेप्चाको निर्माण रहेको चलचित्र शैलेन्द्र डि कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७