कट्रिना यस कारण हेर्दिनन् ‘हरर’ चलचित्र


२९ जेष्ठ २०७६, बुधबार
kyatirina

काठमाडौं, २९ जेठ । यतिबेला बलिउडमा सलमान खान र कट्रिना कैफ अभिनीत चलचित्र ‘भारत’ चलिरहेको छ ।

‘भारत’ ले भारतबाट मात्र ६ दिनमा डेढ सय करोड भन्दा बढी कमाइसकेको छ । योसँगै सलमान र कट्रिना यतिबेलाका हट केक बनिरहेका छन् । यो चलचित्र सलमानको सय करोड कमाउने १४ औं चलचित्र बन्न पुगेको छ । चलचित्रको सफलताले हरेक कलाकारलाई माथि त उठायो सँगै अब यी कलाकार कतातर्फ लाग्दै छन् ? भन्ने खुलदुली बढ्दै गएको छ ।

रोमान्स र एक्सन जनरामा आफूलाई प्रस्तुत गराएकी कट्रिनाले अहिलेसम्म हरर जनरामा काम नगरेको र आगामी दिनमा पनि नगर्ने बताएकी छिन् । उनका अनुसार आफू जे कुरामा पनि सजिलै डराउने र आफू यस्ता कुराबाट टाढै रहन चाहन्छिन् ।

डरका कारण कट्रिनाले अहिलेसम्म हरर चलचित्र समेत हेरेकी छैनन् । क्लासिक चलचित्र औधी मन पराउने उनी लगत्तै रोहित शेट्टीको चलचित्र ‘सूर्यवंशी’ मो अभिनेता अक्षय कुमारसँग स्क्रिन शेयर गर्दैछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७