छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं, ८ साउन । चलचित्र निर्माता छवीराज ओझा र पत्नी शिल्पा पोखरेललाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ ।
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जीको अनुमतीको लागि कालिमाटी प्रहरी परिसर काठमाडौं जिल्ला अदालत पुगेको छ । जिल्ला अदालतले अनुमती दिए उनीहरु पक्राउ पर्ने काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी बृत गौशालामा बहुविवाहसम्बन्धी जाहेरी दिएकी थिइन् । गौशाला प्रहरी बृत्तले सो उजुरी कालिमाटी पठाएको थियो । ओझाले कुटपिट गरेको भन्दै शुरु भएको ओझा–शिल्पाबीचको विवाद बढ्दै गएर अहिले वहुविवाहको मुद्दासम्ममा पुगेको छ ।