रेशमलाल चौधरी सांसद् बन्न नपाउने


९ पुष २०७४, आईतवार
resham chaudhari e1519633268409

काठमाडौं: कैलाली क्षेत्र नमबर १ बाट प्रतिनिधि सभाको चुनाव जितेका रेशमलाल चौधरी संसद् हुन नपाउने सर्वोच्चले जनाएको छ । गलत आचरण ठहर भएको कुनै पनि व्यक्तिले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन भनेका छन् ।

resham chaudhari
सर्वोच्चको यो निर्णयले राजपाबाट उम्मेदवार बनेर चुनाव जितेका चौधरी सांसद बन्नबाट वञ्चित भएको हो । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।
सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ । साथै आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७