कार्टुन क्रुको ‘कु कु कु’ को भिडियो सार्वजनिक (भिडियोसहित)


२ कार्तिक २०७६, शनिबार
ku

काठमाडौं, २ कार्तिक । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

1 4

प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।

द कार्टुन क्रुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा नभएकी सानो छोरीको कथासँग जोडेर बनाइएको छ । जहाँ जुनियर कार्टुन क्रुका साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि छ ।

बिगत ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७