लन्च ब्रेक अघि नेपालको खराब सुरुवात

१८ रन जोड्न तीन विकेट गुम्यो


२१ कार्तिक २०७६, बिहीबार
nepal national cricket team 1st class

काठमाडौं, २१ कार्तिक । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रथम श्रेणीको खेलमा दोस्रो दिनको पहिलो इनिङमा खराब सुरुवात गरेको छ । लन्च ब्रेक अघि नेपालले खराब सुरुवात गरेको हो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा यासिर अराफातले शून्यमा क्याच आउट भए ।
यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा क्याच आउट गराए । यासिरले नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल ८ रनमा क्याच आउट भए ।

सुरुवाती ८.३ ओभरमा १८ रन जोड्न तीन विकेट गुमाएको छ । नेपाल फलोअनबाट बच्न अझैं १ सय ९७ रन बनाउने पर्ने हुन्छ । सम्रगमा नेपाल ३ सय ४६ रनले पछि रहेको छ ।  क्रिजमा आरिफ शेख ५ रनमा खेलिरहेका छन् ।

यसअघि एमसीसी १ सय २ ओभरमा अल आउट हुँदै ३ सय ६४ रन जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७