स्वास्थ्य राज्यमन्त्रीको ‘ब्याक बोन’ मा समस्या आएपछि अस्पतालमा
काठमाडौं, ३० कार्तिक । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव ढाडमा समस्या आएपछि वीर अस्पताल पुगेका छन् ।
ढाड दुख्ने समस्या देखिएपछि गए राति उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । डाक्टर राजीव झा नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री यादवको उपचार गरिराखेका छन् । दुखाइ बढेपछि यादव हिड्न समेत नसक्ने भएका थिए ।
‘वीर अस्पतालको भिआइपी वार्डमा राखेर स्वास्थ्य राज्यमन्त्री यादवको उपचार भइराखेको छ,’ मन्त्रीको निजी सचिवालयले भन्यो, ‘ब्याक बोनमा समस्या देखिएको हो ।’