प्रदेश २ बाट राजपाको मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंह निर्वाचित
जनकपुरधाम, ९ माघ । प्रदेश २ बाट राजपाको मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूह यादव र अल्पसंख्यक समूहबाट सिंह राष्ट्रियसभामा निर्वाचित भएका हुन् । उनीहरुलाई नेकपाले सघाएका थिए ।
यादवले निकटतम प्रतिदन्द्धी समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरे । मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए ।
यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भोला पजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।
यस्तै महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।
यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।