‘चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ’
काठमाण्डौं : आज डा. गोविन्द केसीको बहस चलिरहेका बेला काठमाण्डौं माइतिघर मण्डलाको माहौल भने हेर्न लायकको देखिएको थियो । डा. केसीको समर्थन र रिहाइको माग गर्दै मण्डला पुगेका प्रदर्शनकारीले ‘चारैतिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’, ‘म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’, ‘दुईटा नागरिकता कस्को, एसएलसी फेल पराजुलीको’, ‘डा. केसीको अनसन, पराजुलीलाई टेन्सन’ जस्ता नारा घन्काएका थिए ।
केसीले बुधबारको बयानमा पनि आफ्नो अडान उस्तै देखाएका छन् । उनले आफू सर्वोच्च अदालतकाविरुद्ध नभई सर्वोच्चका प्रधान न्यायाधिश गोपाल पराजुलीको गलत गतिविधिका विरुद्ध आन्दोलनमा उत्रिएको दोहो¥याएका छन् । डा. केसीले पराजुलीको राजीनामा नआएसम्म आफ्नो आन्दोलन स्थगित नहुने स्पष्ट बताएका छन् ।