छरिएका पुष्प–पत्र
मानौँ
ती आँखा प्रवेशद्धार रहेछन्
प्रेम मन्दिरमा छिर्ने
अनि सोच्नै नपाई बनिसकेछु
म त्यहाँको पुजारी
ह्दय बागका राता गुलाब टिपेर
पूजा गर्न छिर्दा
मृगतृष्णा सहन नसकी
एकाएक बेहोश भएँ,
जब म ब्युँझिएँ
मेरो र तिम्रो मुटुभरि
राताम्य पुष्पपत्रहरु छरिएथे
अनि पल्टाउन थाले
हरेक पत्र–पत्र
एकापसमा सँगसँगै
ढुकढुकाइरहथे दुवै
प्यारा
जति बुझ्दै गयो
त्यति गाह्रो रहेछ बुझ्न
प्रेमको परिभाषा
अनि
अनुभूतिका आधार इलाका
सिमाना नाघेर फैलिंदारहेछन
विश्वरीका अन्तस्करणभित्र,
म केवल
नियालरहेछु यी आँखा
निर्निमेष निर्निमेष
प्रियतम
यो स्वर्गसरिको समय
कहिल्यै नसिद्धियोस ।