सोनिकाले रुदै भनिन्–‘म चाहेर पनि रवि लामिछाने बन्न सक्दिनँ’
काठमाण्डौं, ९ माघ : हट कार्यक्रमकी प्रस्तोता सोनिका रोकायाले केहि दिनयता दिनहुँजसो प्रकाशित भइरहेका आफूविरुद्धको समाचारको खण्डन गर्दै आफूले कहिल्यै पत्रकार रवि लामिछानेको विपक्षमा नबोलेको बताएकी छन् ।
उनले युट्युवमा रुदै गरेको भिडियो समेत हालेकी छन् । उनले रुर्दै भनेकी छन्–‘मलाई नराम्रो काम गरौं भन्ने एक पत्रकारको कुरालाई बङ्ग्याएर रवि लामिछानेसँग जोडिएको रहेछ । रवि लामिछानेसँग नाम जोडेर न्यूज आएपछि सोनिकाले रुदै खोलिन यो भ्रामक समाचार भएको दावी गरेकी छन् । आफूले बोल्दै नबोलेको विषयमा गलत र भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुप्रति सोनिकाले आपत्ति जनाएकी छिन । केही दिनअघि फर्सी नेटवर्क नामक युट्युब च्यानलमा सोनिकाले दिएको अन्तरवार्तालाई तोडमोड गरी सयौं अनलाइनले न्यूजहरु पोस्ट गरेका छन् ।
सोनिकाले उक्त अन्तरवार्तामा ‘एक जना चलचित्र पत्रकारले आफूलाई नराम्रो कामका लागि प्रस्ताव गरेको तर उसको बेइज्जत गर्न नचाहेकाले त्यस विषयमा बोल्न चाहँदिन भनेकी बताएकी छन् ।’ सो वार्तामा आफूले कुनै पनि कोणबाट रविलाई इंगित नगरेको उनको भनाई छ । बरु उनले अन्तरवार्तामा भनेकी थिइन्–‘म आफ्नो स्टाइलले कार्यक्रम प्रस्तुत गरिरहेको छु, कसैले चाहँदैमा म रवि लामिछाने बन्न सक्दिनँ ।