एनसेलको अनलाइन कक्षा प्याकेज : २५० रुपैयाँमा २३ जिबी डेटासहितको बन्डल
काठमाडौं, १७ साउन । एनसेलले अनलाइन शिक्षा लक्षित प्याकेज ल्याएको छ। विद्यार्थीका लागि ल्याइएको यस्तो प्याकेजका लागि कम्पनीले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँग सम्झौता गरेको छ।
कोरोना महामारीले गर्दा विद्यालयहरू बन्द भई अध्ययन(अध्यापनमा असर परिरहेको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको कम्पनीले जानकारी दिएको छ।
यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो। यस सहकार्यले विद्यार्थी, शिक्षकरशिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ।
मासिक योजनामा विद्यार्थी तथा शिक्षकरशिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्छन्।
विद्यार्थीले कर बाहेक मासिक २५० रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजीरफोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन्।