कोरोनाबाट थप दुईको मृत्यु, नेपालमा मृतकको संख्या ९६ पुग्याे
काठमाडौं, २९ साउन । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । कोरोनाबाट ललितपुरको पाटन अस्पतालमा एक र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको ज्यान गएको हो । योसँगै नेपालमा मृतकको संख्या ९६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो ।
यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मन्त्रालयको तथ्याङ्कमा बारा बिश्रामपुरका ३८ वर्षीय पुरुषको मृत्यु विवरण समावेश छैन ।