ललितपुरको मेघा अस्पतालमा विहानै भक्तपुरका कोरोना संक्रमितको मृत्यु
ललितपुर, २७ भदौं । ललितपुरस्थित मेघा अस्पतालमा आज (शनिबार) बिहानै भक्तपुरका एक कोरोना संक्रमितको ज्यान गएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार बिहान ७ः४० बजे ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए ।