थप १,४७४ जनामा कोरोना संक्रमण, १,९३१ जना निको, २९ को मृत्यु
काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १,४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १,९३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
आज देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ५०८ जना संक्रमितको मृत्यु ज्यान गइसकेको छ ।