नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर


१७ बैशाख २०८१, सोमबार
nalvani

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमर पुटिनको हात नरहेको जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा मृत्यु भए पनि उनलाइ मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ ।

वाल स्ट्रिट जर्नलले नाम नलिई यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै अमेरिकी गुप्तचर एजेन्सीहरूले नाभाल्नीको मृत्युमा पुटिन दोषी नभएको बताएका हुन् । रूसी राष्ट्रपतिले नाभाल्नीको मृत्युमा कुनै आदेश नदिएको निष्कर्ष निकालेका हुन् ।

यो खोज खुफिया समुदाय भित्र व्यापक रूपमा स्वीकार गरिएको छ । अमेरिकन केन्द्रीय गुप्तचर एजेन्सी राष्ट्रिय खुफिया निर्देशकको कार्यालय र राज्य विभागको गुप्तचर इकाई सहित धेरै एजेन्सीहरूले संयुक्त रूपमा गरिएको अनुसन्धान पछि यो कुरा निष्कर्ष निकालिएको हो । उनीहरूका अनुसार पुटिनले नाभाल्नीको मृत्युको बारेमा सचेत थिए, त्यसैले उनको रेखदेख गर्न बरू सीधा आदेश दिएका थिए ।

त्यो प्रतिवेदनले यो पनि जोड दिएको छ कि वाशिंगटनले नाभाल्नीको मृत्युको लागि पुटिन अन्ततः जिम्मेवार भने रहेको भने जनाएका छन । उनको स्वास्थ्यका बारेमा पुटिन गुम्भिर नहुदाँ उनले जेलमा क्रूर अवस्था भने सहनु परेको थियो । ४७ वर्षीय नाभाल्नी रुसका चर्चित विपक्षी राजनीतिज्ञ र पुटिनका कट्टर आलोचक थिए । फब्रुरुअरी १६ मा उनको मृत्युको भएको थियो । उनी अतिवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७