‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित
काठमाडौं, २८ पुस । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेष गरी चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।
क्रेटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् । ‘सम्मानले आफूलाई आगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ’, युवा व्यवसायी समेत रहेका प्रधानले कार्यक्रममा भने ।
कार्यक्रममा ‘प्लेयर अफ दि इयर २०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका थिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रेटर्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा. सन्दुक रुइत थिए ।