यी हुन् ओली नेतृत्वको पहिलो मन्त्रिपरिषदका ६ निर्णय
काठमाडौं, २ फागुन : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रीपरिषद्को बैठकले ६ वटा निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहिबार साँझ बसेको बैठकले निर्वाचन आयोग , कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद दिएको छ।
यसैगरी बैठकले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले सीटीईभीटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्षभित्रै निर्माण गर्ने योजना अघि सारेका छन् । संसदका सम्पूर्ण गतिविधि संचालन हुने गरी २ वर्षभित्र भवन निर्माण गर्न शुक्रबारबाटै काम सुरु गर्ने उनको योजना छ ।
बैठकले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ। त्यस्तै प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय बनाउने पनि मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।
हेर्नुहोस् निर्णयहरु :-