गुडिरहेको बसमा पेट्रोल बम प्रहार, दर्जन यात्री घाइते


८ फाल्गुन २०७४, मंगलवार
1519123206bus final final

कपिलवस्तु, ८ फागुन : काठमाडौंबाट दाङ जाँदै गरेको एक बसमाथि मंगलबार कपिलवस्तुमा पेट्रोल बम हुँदा बसमा सवार दर्जन यात्रु घाइते भएका छन् । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।1519123206bus final final

काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमाथि कपिवलस्तुको शिवराज नगरपालिका–३ सुपादेउराली चोकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको हो ।

घाइतेहरुलाई सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचारपछि बुटवल रेफर गरिएको चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिएका छन् । मंगलबार विप्लव माओवादीले बन्द आह्वान गरेको थियो । भने विभिन्न ठाउँमा बम पड्काएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७