इङ्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा


८ बैशाख २०७८, बुधबार
chelsea fRvVnOMK7l

काठमाडौं, ८ बैसाख । ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो ।

यस खेल शुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता, रंगशाला बाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए ।

यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरे पनि चेल्सीले खासै आक्रमण बुन्न सकेन । चेल्सीले गोलका लागि ७ पटक प्रहार गर्दा ब्राइटनले ११ पटक प्रयास गरेको थियो ।

बराबरीपछि ३४ अंक बटुुलेको ब्राइटन १६ औं स्थानमा छ । अन्तिम ६ खेल खेल्न बाँकी छँदा रेलिगेसन जोनमा रहेको फुुलह्यामभन्दा ब्राइटन ७ अंकले अघि छ । प्रिमियर लिगमा १८, १९ र २० औं नम्बरमा पर्ने टोली रेलिगेसनमा पर्छन् । अहिले अठारौं रहेको फुलह्यामको २७, उन्नाइसौं नम्बरको वेस्टब्रोमको २४ र बीसौं नम्बरको सेफिल्ड युनाइटेडको १४ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७