भारतीय अभिनेता दिलीप कुमारको निधन
मुम्बई, २३ असार । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो ।
दिलीप कुमार लामो समयदेखि बिमारी थिए । पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको थियो । उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो । उनलाई भारतमा ट्रेजेडी किंगको नामले समेत चिनिन्छ ।
दिलीपकुमारले २२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म खेलेका थिए । उनले ६० भन्दा बढी फिल्म खेलेका छन् । दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।