जङ्गली च्याउ खाँदा बाबु–छोराको मृत्यु


९ श्रावण २०७८, शनिबार
mosroom

इलाम, ९ साउन । इलामको फाकफोकथुममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यही साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७