प्रचण्ड निवासमा रामचन्द्र पौडेल
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज (सोमबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पुगेका छन् ।
प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालका अनुसार कांग्रेसका वरिष्ठ नेता आज बिहान खुमलटार (प्रचण्ड निवास) पुगेर आमा सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी छन् । उनी पार्किन्सन्स नामको रोगबाट पीडित छन् । केही दिनअघि उनलाई भेट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुगेका थिए ।