आमरण अनशन रोक्न गोर्खाहरूलाई सरकारको आग्रह


३२ श्रावण २०७८, सोमबार
British Gurkha protest iGOG4lSO0A

काठमाडौं, ३२ साउन । बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूलाई आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेको छ । कुटनीतिक माध्यमबाट भूपू गोर्खाका माग संबोधनका लागि पहल गरिएको भन्दै आमरण अनशन स्थगन गर्न आज बसेको मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ ।

ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्यको माग गर्दै भूपू गोर्खा आन्दोलनरत छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकलाई आन्दोलन छाड्न आग्रह गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘उहाँहरुका ती माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको लण्डनमा जारी आमरण अनसनसहितका विरोध कार्यक्रम फिर्ता लिन आह्वान गरिएको छ’, कार्कीले भने । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७