अफगानिस्तानमा हक्कानी नेटवर्कका होर्डिङ बोर्ड
काबुल, २७ भदौं । अफगानिस्तानका सडक आसपास हक्कानी नेटवर्कका नेताहरूको तस्बिर टाँग्न थालिएको छ । हक्कानी नेटवर्कका संस्थापक मुल्ला ओमार र उनका छोरा तालिबान सरकारका वर्तमान रक्षामन्त्री मुल्ला याकुबको तस्बिरसहितको होर्डिङ बोर्ड राखिएका हुन् ।
बीबीसीका संवाददाता सिकन्दर किरमानीले ट्वीट गर्दै अफगानिस्तानको सडक छेउ टाँगिएको नयाँ होर्डिङ बोर्डमा हक्कानी नेटवर्कका ती नेताहरूका तस्बिर छन् । जलालुद्दीन हक्कानीका छोरा सिराजुद्दीन हक्कानी तालिबान सरकारमा गृहमन्त्री छन् ।
सिराजुद्दीन अमेरिकी एजेन्सी एफबीआईको मोस्ट वान्टेडको सूचीमा छन् । उनी हक्कानी नेटवर्कका प्रमुख हुन् । हक्कानी नेटवर्क अमेरिकाको ‘आतंकवादी संगठन’ को सूचीमा छ ।
New poster in Kabul: Mullah Omar and Jalaluddin Haqqani pic.twitter.com/HQuTaxexBs
— Secunder Kermani (@SecKermani) September 11, 2021