फिल्म ‘बोबी’को टिजर रिलिज (भिडियोसहित)
काठमाडौं, २७ फागुन । मिलन चाम्स निर्देशित एक पछि अर्को फिल्मको टिजर रिलिज भइरहेको छ । भर्खेरै फिल्म ‘लिलिबिली’ टिजर रिलिज गरेको उनको ‘बोबी’को टिजर सार्वजनिक भएको छ ।
फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ । यो फिल्मले एक जोडीको वास्तविक जीवनको कथा रहेको छ । प्रेम, संघर्ष र सफलताको कथालाई फिल्मले उठान गरेको छ ।
फिल्ममा यी दुइका साथमा विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मी भट्टी, रवि गिरी, सुरविर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणाको मुख्य भूमिका छ ।
प्रदर्शन मिति तय नगरिएको फिल्म ‘बोबी’को पनि टिजर रिलिज भएको छ ।