एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा (पूर्णपाठसहित)
काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
आज (आइतबार) रिपोटर्स कलवमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उमेदवारी घोषणा गरेका हुन् । ‘मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु । पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति व्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु’, उनले भने, ‘मैले हतोत्साहित भएर हुँदैन । सशक्त एमाले सबैको चाहना र सरोकारको विषय हो। यस पार्टीको सिर्जना र विकासमा भएको सबैको प्रयास सार्थक होस् ।’
उनले वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टी नेतृत्वमा उठ्ने बताएका छन् । ‘वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु’, उनले भनेका छन्, ‘चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’ एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
पूर्णपाठ