प्रकाशमानले भने, ‘दोस्रो चरणमा देउवालाई सघाउँछु’
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने बताएका छन् । पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन् ।
यस पटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एक पटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले सुजाता कोइरालासँगको छलफलमा अब हुने दोस्रो चरणाको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने निणर्य भएको उनले बताए ।